अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा सहभागी भई ऊर्जामन्त्री पुन स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा सहभागी भई ऊर्जामन्त्री पुन स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्रा्ष्ट्रिय ऊर्जा सम्मेलनमा सहभागी भई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन मंगलबार स्वदेश फर्किएका छन् ।

इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आईएचए)को निमन्त्रणामा गत वैशाख ३० गते मन्त्री पुन पेरिस प्रस्थान गरेका थिए । मन्त्री पुनले ७० देशका ७ सय ५० प्रतिनिधि सहभागी सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्मेलनमा २ सयभन्दा बढी वक्ताले जलविद्युत् क्षेत्रका अनुभव आदानप्रदान गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालको जलविद्युतको विकास, ऊर्जा पहुँच र समग्र विद्युत् क्षेत्रको विकासमा नेपालले गरेको प्रयास, प्रगति, भावी रणनीति र लक्ष्यबारे उल्लेख गरेका थिए । सो क्रममा मन्त्री पुनले आईएचएका प्रमुख कार्यकारी रिचर्ड टेलरसँग जलविद्युत् विकाससम्बन्धी वार्ता तथा छलफल गरेका थिए ।

सम्मेलनमा मन्त्री पुनले अमेरिकन हाइड्रोपावर एसोसिएसनका हर्वी जोन्सन, इन्टरनेशनल कमिसन अन लार्ज ड्याम९आईसीओएलडी०का माइकल बिलगिर्लिंग र माकल लिनुलगायतसँग भेटवार्ता गरी नेपालको जलविद्युतको सम्भावना, लगानी, व्यापार र यसको भविष्यबारे छलफल गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।