उर्जामन्त्री भन्छन् ‘सार्क मुलुकमा मात्रै होइन, अन्य देशमा पनि बजार खोजिरहेका छौ’

उर्जामन्त्री भन्छन् ‘सार्क मुलुकमा मात्रै होइन, अन्य देशमा पनि बजार खोजिरहेका छौ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आर्थिक रुपान्तरणका लागि नेपालको उर्जा क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । 

शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै मन्त्री पुनले उर्जा क्षेत्रको विकासले मात्र समृद्ध नेपाल र  सुखी नेपालीको नारा पूरा गर्न मद्दत मिल्ने उल्लेख गरे । उनले आगामी पांच वर्षमा नेपालका शतप्रतिशत जनतामा विद्युतको पहुंच पुग्ने दावी समेत गरे । 

नेकपाका नेता समेत रहेका मन्त्री पुनले सरकारले उर्जामा निजी लगानी भित्र्याउनका लागी पहल गरिरहेको बताए ।  उनले सरकारले सार्क मुलुकका साथै अन्य मुलुकमा पनि विद्युतको बजार खोजिरहेको जानकारी दिए । 

मन्त्री पुनले भने ‘हामी सार्क मुलुकमा मात्रै होइन, अन्य देशहरुमा पनि विद्युत बजार खोजिरहेका छौ, हाम्रो मुख्य उद्देश्य नै उर्जामा निजी लगानी भित्र्याउने हो ।’ 

लगानी सम्मेलनको उर्जा सम्बन्धी सत्रमा बोल्दै मन्त्री पुनले अन्तरदेशीय प्रसारण लाइन सरकारको प्राथमिकतामा रहेको बताए । 

मन्त्री पुनले सरकारले विद्यूत खपतको लागी बाह्य बजारको खोजी गरिरहेको भन्दै त्यसका लागी छिमेकीसहित अन्य मुलकमा पनि नेपालले छलफल जारी राखेको जानकारी दिए ।  

अवको केही वर्षमा निर्यात गर्न पुग्ने गरी विद्युत उत्पादन हुने जानकारी दिंदै मन्त्री पुनले भने ‘आन्तरिक माग पूर्ति भएपछि मात्र विद्युत निर्यात गर्ने सरकारको योजना छ ।’