ओमानका सुल्तान सइदको अन्तेष्टीमा सहभागी हुन उर्जामन्त्री मस्कट पुगे

ओमानका सुल्तान सइदको अन्तेष्टीमा सहभागी हुन उर्जामन्त्री मस्कट पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ओमान प्रस्थान गरेका छन् । ओमानका सुल्तान काबुस बनि सइद अल सइदको अन्तेष्टीमा सहभागी हुन मन्त्री पुन सोमबार मस्कट प्रस्थान गरेका हुन् ।

उर्जामन्त्री पुनका प्रमुख स्वकिय सचिव दुर्गा चांपागाईले सरकारले मन्त्री पुनलाई सरकारको तर्फबाट समवेदना दिन ओमान पठाउने निर्णय भएको भन्दै उक्त कार्यक्रममा सहभागी हुन मन्त्री पुन मस्कट प्रस्थान गरेको जानकारी दिए ।

ओमानका सुल्तान सइदको ७९ बर्षको उमेरमा निधन भएको थियो । उनि अरब जगतमा सबैभन्दा धेरै समय सुल्तान भएका थिए ।
मन्त्री पुन अन्तर्राष्ट्रीय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधावीमा जारी १०औं साधारणसभामा सहभागी हुन गत साता युएई पुगेका थिए ।