सम्पर्कविहिन गेजुवाले बूढीगण्डकीमा फेरि चासो देखायो : उर्जामन्त्री पुन


काठमाडौं – पाँच महिनादेखि सम्पर्कमा नभएकोे बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माणमा ठेक्का लिएको चिनियाँ कम्पनी गेजुवाले फेरि काम गर्ने इच्छा देखाएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन ।
सरकारका तर्फबाट संसदीय समितिमा नै पाँच महिनादेखि सम्पर्कमा नरहेको भनिएको गेजुवाले फेरि आफूहरू काम गर्न इच्छुक रहेको भनेर पत्र लेखेको ऊर्जा मन्त्री पुनले बताए ।

उनले भने, ‘पाँच महिनासम्म सम्पर्कमा नरहेको गेजुवाले काम गर्न इच्छुक छौँ भनेर पत्राचार गरेको छ । हामी ठेकेदार कम्पनीले नै इन्जिनियरिङ, सामान खरिद, निर्माण र लगानी सबै काम गर्ने ढाँचा, इपीसीएफलाई प्राथामिकतामा राखेर निर्माण गर्ने गरि छलफलमा लागेका छौं । यसबारेमा प्रधामन्त्रीलाई पनि जानकारी गराउँछु अनि निर्णय लिन्छौँ ।’

कहिले विकास समितिका रूपमा, कहिले स्वदेशी लगानीमा त कहिले चिनियाँ कम्पनी गेजुवालाई दिएर निर्माण गर्ने निर्णय हुँदै आएको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको प्रगति हालसम्म शून्य जस्तै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement