पूर्वाधारको विकास विना समृद्धि सम्भव नहुने उर्जामन्त्रीको दावी

पूर्वाधारको विकास विना समृद्धि सम्भव नहुने उर्जामन्त्रीको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसंग प्राविधिक ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने दावी गरेका छन् ।

नेपाल इन्जिनियरिङ्ग एसोसियसनले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा बोल्दै मन्त्री पुनले पूर्वाधारको विकास विना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसंग पनि प्रविधिसम्बन्धी ज्ञान हुन आवश्यक भएको बताए ।

राजीनितक व्यक्तिसंग ज्ञान नभए कुनैपनि आयोजना अगाडी बढ्न गाह्रो हुने मन्त्री पुनको भनाई थियो । उनले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्वपूर्ण भएपनि दक्ष जनशक्ति नेपालमा नभएको बताए । उर्जामन्त्री पुनले सुरुङ र ड्याम निर्माण गर्ने, डिजाइन गर्ने जनशक्ति तयार गर्न सरकारले ध्यान दिएको दाबी गरे ।