काठमाण्डु- राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको जनाइएको छ ।
राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले पनि अर्याललाई समर्थन गरेको थियो ।




प्रतिक्रिया