युरोपमा ‘गुडियारानी’ सुहानाको ‘बोल्ड’ अवतार


काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ३’ बाट चलचित्रमा डेब्यु गरेकी नायिका हुन, सुहाना थापा । हालै उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसको कारण उनको चर्चा अहिले चुलिएको छ ।

तस्बिरमा उनले हल्का ग्रिन कलरको गाउन लगाएकी छन् । गाउनमा उनले गाडी भित्र र गाडी बाँहिर दुई तस्बिर खिचाएकी छन् । तस्बिरमा उनको सौदर्यता झल्किनुका साथै उनी हट समेत देखिएकी छन् ।

उनी अहिले युरोप टुरमा छिन् । सायद त्यसैले पनि होला अन्य कलाकार झै उनी पनि बिदेश पुगेपछि निकै खुल्न थालेकी छन् । पछिल्लो केही समययता उनको सार्वजनिक तस्बिरले पनि सो अनुमान लगाउन सकिन्छ ।

स्वदेश प्रदर्शनमा ५१ औं दिन मनाइसकेको ‘ए मेरो हजुर ३’ बिदेशका बिभिन्न मुलुकमा पनि राम्रो प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement