काठमाण्डु – नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल दोहोरिएका छन् ।
पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएको घोषणा गरिएको छ ।
पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिहरूले अध्यक्षमा नेपाललाई सर्वसम्मत गर्न सुझाव दिएपछि पुरानै नेताहरू दोहोरिएका छन् । अन्य पदको टुंगो लाग्न बाँकी छ ।




प्रतिक्रिया