अमेरिकी राजदूत र्‍यान्डी बेरी नामिबिया र उपप्रमुख मिकलर ताजिकिस्तानका लागि राजदूतमा नियुक्त

अमेरिकी राजदूत र्‍यान्डी बेरी नामिबिया र उपप्रमुख मिकलर ताजिकिस्तानका लागि राजदूतमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर ताजिकिस्तानका लागि राजदूतामा नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलरलाई ताजिकस्तानका लागि राजदूतमा नियुक्त गरेकाे हाे ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको र मिकलरलाई ताजिकस्तानकाे राजदूतमा नियुक्त गरेका हुन् ।

सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन् । उनले सन् २००७ देखि २००९सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’का रुपमा काम गरिसकेका छन् । बेरीले अकल्याण्ड, न्युजिल्याण्डमा कन्सुल जेनरलको भूमिका पनि निभइसकेका छन् ।

उनी समलंगी अधिकारकर्मी समेत हुन् । पुरुष समलिंगी पनि हुन् । तत्कालीन राष्ट्रपति बराक ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।

त्यस्तै हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन् । उनी नेपालस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनुभन्दा पहिले मंगोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख थिए । मिकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरोअन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए ।