अमेरिकाद्धारा काबुलको दूतावास खाली गर्न सुरु

अमेरिकाद्धारा काबुलको दूतावास खाली गर्न सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा रहेको दूतावास खाली गर्न सुरु गरेको छ । तालिबानीले कुनै लडाइबिना अफगानिस्तानको विभिन्न प्रमुख शहरसहित काबुल पनि कब्जा गर्न थालेपछि अमेरिकाले काबुलस्थित दुतावास खाली गर्न सुरु गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञहरुलाई बाहिर निकाल्न थालेको छ । साथमा उसले काबुल विमानस्थल र दूतावासको सुरक्षाको लागि थप सैनिक पठाउँदैछ । केही दिनमै तालिबानीहरु काबुलको ढोकामै पुगेपछि अमेरिकाले यस्तो कदम चालेको हो । गत हप्ता मात्र अमेरिकी इन्टेलिजेन्सले काबुलमा अझै ३ महिनासम्म केन्द्र सरकारकै नियन्त्रण रहने अनुमान गरेको थियो ।

अमेरिकी नागरिकहरुको सानो टिम मात्रै काबुलमा रहने र धेरैजसो कर्मचारीहरु त्यहाँबाट बाहिरिनको लागि तयारी अवस्थामा रहेको एक अमेरिकी अधिकारीलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

तालिवान लडाकुहरु काबुल प्रवेश गरिसकेका छन् । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले तालिवानले काबुलमा चारैतिरबाट आक्रमण सुरु गरेको जानकारी दिएका छन् ।