नेपालमा अन्य मुलुकको हस्तक्षेप अमेरिकालाई स्विकार्य छैन् : अमेरिकी राजदूत बेरी 

नेपालमा अन्य मुलुकको हस्तक्षेप अमेरिकालाई स्विकार्य छैन् : अमेरिकी राजदूत बेरी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमा अन्य मुलुकको हस्तक्षेप अमेरिकाको लागी स्विकार्य नहुने चेतावनी दिएका छन् । इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले काठमाडौंको पेभेलियन हलमा शुक्रवार गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्र्तक्रियामा राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहेको बताए । ।

राजदूत बेरीले अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई इण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको स्पष्ट पारे । 

‘ अमेरिकाले कुनै पनि सार्वभौम मुलुकको सार्वभौमिकतामाथि दबाब दिने काम गर्दैन, अन्य देशले समेत हस्तक्षेप गरेको हेर्न हामी चाहदैनौं ।’ कार्यक्रममा राजदूत बेरीले भने । 

उनले इण्डोप्यासिफिक रणनीति सैन्य साझेदार वा अन्य कुनैपनि प्रकारको संगठन नभएको भन्दै  कुनैपनि देशलाई आफ्नो पक्षमा ल्याउने अमेरिकी नीति नभएको बताए । 

राजदूत बेरीकाअनुसरा इण्डो प्यासिफिक नितिबाट सवैले फाईदा लिने सक्नेछन् । त्यसका साथै  इण्डो प्यासिफिक क्षेत्रमा रहेका देशहरु स्वतन्त्र, खुला र सुरक्षित रहने वातावरण बनाउन रणनीतिले सहयोग पुग्नेछ । 

राजदूत बेरीले अमेरिका नेपालको सार्वभौमिकता बलियो हुनुपर्ने पक्षमा रहेको खुलासा समेत गरे । चीनले बीआरआईमा सहभागी हुन नेपाललाई दिएको दबाबजस्तै अमेरिकाले इण्डोप्यासिफिक रणनीतिको साझेदार बन्न दबाब नदिने राजदूत बेरीले दाबी गरे ।

नेपाल अमेरिकाको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउंदै राजदूत बेरीले नेपाललाई हरेक वर्ष सर्त बिना अमेरिकाले सहयोग गरिरहेको समेत बताए । अमेरिकाले  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५० अर्ब रुपैयां सहयोग गर्न लागेको समेत जानकारी दिए । 

काठमाडौंमा चिनियाँ सामिप्यता बढ्दा अमेरिकाको शक्तिकेन्द्रमा दौडधुप तिव्र