काठमाण्डु – अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल आइतबार काठमाण्डु आइपुगेका छन्। नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।
भोवेल नेतृत्वको टोली भुटान ३ दिने भ्रमणका लागि काठमाण्डु आइपुगेका हुन्।
भ्रमणको क्रममा लेफ्टिनेन्ट जनरल भोवेलले प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्चपदस्थ सैन्य अधिकारीसँग भेटवार्ता गर्नेछन् ।
भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श हुनेछ। भ्रमण टोलीले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।
भुटानको भ्रमण गर्नुअघि लेफ्टिनेन्ट जनरल भोवेल भारतको भ्रमण गरेका थिए । उनले बिहीबार नयाँ दिल्लीमा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका गरेका थिए।
भोवेल फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन पश्चात नेपाल आउने सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् ।
यसअघि पनि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे. पापारो नेपाल आएका थिए।




प्रतिक्रिया