काठमाडौं – कतिपय पण्डित र राजनीतिज्ञले किन अमेरिकी सेनाले अमेरिकामा कोरोनाभाइरसको विस्तार रोक्नका लागि काम गरिरहेको छैन भनि सोधिरहेका छन् ।
आइतरबार न्यूयोर्क टाइम्सको विचार पृष्ठमा न्यूयोर्कका गभर्नर आन्द्रे कुमोले राष्ट्रपति ट्रम्पलाई इन्जिनियरहरुको आर्मी कर्पस प्रयोग गर्नका लागि आग्रह गरेको प्रकाशित गरेको थियो । पूर्व उप राष्ट्रपति जोइ बिडेनले रक्षा विभागले परिचालनका लागि योजना बनाउनु पर्ने बताएका थिए ।
यद्यपी केही नेशनल गार्ड युनिटहरुले केही लजिस्टिक सामग्रीका साथ सहयोगमा सहभागी भएको थियो । तर चिकित्सा सहयोग प्रदान गर्ने अमेरिकी सेनाको क्षमता सीमित रहेको छ ।
देशव्यापी रुपमा नागरिक प्रयोजनको ६००० अस्पतालको तुलनामा ५१ मात्रै सैनिक अस्पताल रहेको अमेरिकी रक्षा अधिकारीले बताएका छन् । यसको अर्थ राष्ट्रको अस्पतालको क्षमतामा अमेरिकी सैन्यको १ प्रतिशत मात्रै रहेको छ ।
नागरिक प्रयोजनको अस्पतालको तुलनामा सैन्य अस्पतालले प्रति वर्ष थोरै मात्र बिरामीलाई भर्ना गर्दै आएको छ । अमेरिकी सेनासँग ४२४ चिकित्सकिय क्लिनिहरु रहेका छन् । यद्यपी यी अस्पतालको क्षमता पनि निकैनै कम छ ।
तर पछिल्ला वर्षहरुमा महामारीमा अमेरिकी प्रयासका लागि सैन्य सहयोगको आह्वान भइरहेको समयमा प्रतिरक्षा अधिकारीहरुले आफ्नो पहिलो प्रयास भनेको स्वास्थ्य कायम रहनु भएको बताएका छन् । यो पनि सक्रिय ड्यूटीमा रहेका १३ लाख ६० हजार सदस्यमा सीमित रहेको छ ।
प्रतिरक्षा अधिकारीका अनुसार रक्षा विभागले आफूले सक्ने ठाउँमा सहयोग गर्ने इच्छा व्यक्त गरेपनि आफ्नो सुविधा सीमित रहेकाले यो पनि थोरै मात्रामा गर्न सकिने छ ।
आइतबारको विचार पृष्ठमा कुमोले ट्रम्पले फूड एन्ड डग एडमिनिस्ट्रेशन एन्ड सेन्टर फर डिजन कन्ट्रोल एन्ड प्रिभेन्सन नियमलाई खकुलो पार्नु पर्ने बताएका छन् ।
‘ट्रम्पले कर्मचारीतन्त्रलाई यो भाइरस बिरुद्ध लड्नका लागि मार्ग प्रसस्त गरेका छैनन्,’ उनले लेखेका छन् ।
महामारीको समयमा न्यूयोर्क सतर्कताको केन्द्र भएको छ । यो ५२४ संक्रमित देखिएका छन् भने एकको मृत्यु समेत भइसकेको छ । कुमोले न्यूयोर्कमा ५०० भन्दा मानिको भेलालाई रद्ध गर्न वा सार्नका लागि निर्देशन दिएका छन् ।




प्रतिक्रिया