अमेरिकी सहायक विदेशमन्त्री भोलि नेपाल आउँदै, यस्ताे छ भ्रमण तालिका

अमेरिकी सहायक विदेशमन्त्री भोलि नेपाल आउँदै, यस्ताे छ भ्रमण तालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने उनी भोलि (बुधबार) नेपाल आउन लागेकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ट्रुडोकाे नेपाल भ्रमणबारे जानकारी दिएकाे छ ।  ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

चीनले नेपालमा एमसीसी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप अमेरिकाले लगाइरहेको छ । उनले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने छिन् ।

त्यस्तै उनले अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग पनि भेट्नेछिन्। उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनामा अमेरिका भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्नेछिन्।

नेपाल बसाइमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गर्दै आएका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । ट्रुडोले नेपालमा राजनीतिक भेटवार्ता गर्ने भने कार्यक्रम नरहेको बताइएको छ ।