आफ्नै कर्मचारीसंग यौनसम्बन्धको आरोप लागेपछि अमेरिकी संसदले दिईन राजीनामा


काठमाडौं -अमेरिकामा एक संसदलाई संसदका कर्मचारीसंग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ । क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारी ग्राहम केल्लीसंग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ । त्यसका साथै अन्य एक जना महिला कर्मचारीसंग समेत उनको सम्बन्ध रहेको समाचारमा उल्लेख छ ।

अमेरिकाको रुढीबादी अनलाइन रेडस्टेट डट ओरजीले उनको ती कर्मचारीसंग अफेयर रहेको भन्दै उनिहरुको नांगो तस्विरहरु समेत सार्वजनिक गरेको थियो । सांसदका श्रीमान केन्नी हिसेल्पसंग उनको डिभोर्सको प्रक्रिया सुरु भएको छ । उनिहरुले लस एन्जलेस काउण्टिमा त्यसका लागी आवेदन समेत दिइसकेका छन् ।

संसदका कर्मचारीसंग सम्बन्ध रहेको समाचार सार्वजनिक भएसंगै उनले सांसद पदबाट राजीनामा दिएकी छन् । उनले राजीनामा दिंदै भनेकी छन् ‘टुटेको दिलसहित आज कांग्रेसबाट राजीनामा दिने घोषणा गर्दैछु । यो अहिलेसम्मकै मेरो लागी कठिन काम हो, तर मेरो विचारमा यो समुदाय र देशको लागी राम्रो कुरा हो । ’

घटनाको सांसदको इथिक्स कमिटीले अनुसन्धान सुरु गरिसकेको छ । उनिहरुको सम्बन्धले इथिक्स नियमको उल्लंघन गरेको छ । हिललाई डेमोक्रयाट पार्टीमा उदांउदो नेताका रुपमा लिइन्थ्यो । ३२ बर्षिया हिलले लसएन्जलसमा रिपब्लिकनको कब्जा रहेको उत्तर पुर्वी क्यालिफोर्नियाबाट उपनिर्वाचन जितेकी थिईन । उनलाई संसदका विभिन्न महत्वपूर्ण समितिमा जिम्मेवारी दिइएको थियो ।

समाचारमा सांसद हिल केलीसंग रोमांटिक सम्बन्धमा रहेको उल्लेख छ ।समलिंगी रहेकी सांसद हिलको अर्की एक महिला कर्मचारीसंग शारिरिक सम्बन्ध रहेको लस एन्जल्स टाइम्सले दाबी गरेपनि ती महिलाले भने समाचारको खण्डन गरेकी छन् । उनले राजीनामा दिंदै आरोप अस्विकार गरेकी छन् ।सांसद हिल संसदको ओभरसाइट र रिफोर्म कमिटीको भाइस चेयरजस्तो महत्वपूर्ण जिम्मेवारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement