काठमाण्डु – मध्यपूर्वको युद्ध जारी रहँदा विश्वकै अत्याधुनिक मानिने अमेरिकी पाँचौँ पुस्ताका ‘स्टेल्थ लडाक’ विमान ‘एफ–३५’ इरानको निशानामा परेको छ ।
इरानले ती अत्याधुनिक मानिने जिमानमाथि आक्रमण गरेपछि ती विमानहरूलाई आपत्कालीन रूपमा क्षेत्रीय सैन्य अखडामा अवतरण गराउनुपरेको थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकी एफ–३५ लडाकु विमानमाथि आक्रमण गरेको हो ।
यो घटनाले अमेरिकाको केवल सामान्य सैन्य क्षति मात्र गराएको छैन युद्धमा पश्चिमी प्रभुत्वमाथि पनि प्रश्न उठाएको छ । किनभने एफरू३५ लडाकु जहाजहरू माथि हमलाको घटनालाई जारी युद्धको सबैभन्दा नयाँ र अत्यन्तै चिन्ताजनक संकेत मानिएको छ।
अमेरिकी समाचार संस्था सीएनएनको रिपोर्टअनुसार ती स्टेल्थ लडाकु जहाजहरू आक्रमणमा पर्नुअघि इरानको आकाशमा सक्रिय युद्ध अभियानमाु संलग्न थियो । यद्यपी ती सबै विमानहरू सुरक्षित रूपमा अवतरण गराइएपनि घटना गम्भीर रहेको अमेरिकी सैन्य अधिकारीहरू बताउँछन् ।
गत फेब्रुअरीदेखि जारी इरान युद्धमा अमेरिकी एफ–३५ माथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हो। अमेरिका र इजरायल दुवैले प्रयोग गरिरहेका यी अत्याधुनिक विमानहरूको मूल्य प्रति जहाज १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ । यी जहाजहरूलाई लामोदेखी ‘अजेय’ मानिँदै आएको थियो।
तर पछिल्ला घटनाहरूले भने त्यस्तो धारणा कमजोर हुँदै गएको संकेत दिएका छन्।
समाचार संस्था अल जजिराका अनुसार एफ–३५ स्टेल्थ लडाकु विमान सन् २०१८ देखि युद्धमा प्रयोग हुँदै आएको भए पनि आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना यसअघि सार्वजनिक भएको छैन ।
यसअघि नै अमेरिकाले केही लडाकु विमान गुमाइसकेको भए पनि तीमध्ये कुनै पनि शत्रुपक्षुको आक्रमणबाट नष्ट भएका थिएनन्। केही समयअघि कुवेती हवाई सुरक्षाद्वारा भुलवश गरिएको आक्रमणमा अमेरिकी ‘एफ–१५’ विमान खसालिएको थियो ।
जसका सबै ६ जना चालक दल सदस्यलाई भने सकुशल उद्धार गरिएको थियो।
पश्चिमी इराकमा ‘केसी–१३५ स्ट्राटोट्यांकर’ नामक इन्धन भर्ने हवाईजहाज दुर्घटनाग्रस्त भयो। यसको कारण अझै खुल्न सकेको छैन। अमेरिकी सेनाले उक्त दुर्घटनामा कुनै शत्रु वा मित्र राष्ट्रको संलग्नता नरहेको जनाएको छ। दुर्भाग्यवश उक्त दुर्घटनामा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो।
एफ–३५ जस्तो अत्याधुनिक स्टेल्थ विमानमाथि भएको यो आक्रमणले युद्धको स्वरूप बदलिँदै गएको संकेत दिएको छ। यो केवल एक घटनामात्र नभई पश्चिमी हवाई प्रभुत्वको आधार हल्लाउने सम्भावित मोड को रूपमा हेरिँदैछ।
अहिलेसम्म इरानसँगको युद्धमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । इरानतर्फ भने १ हजार ४४४ जनाको मृत्यु र १८ हजार ५५१ जना घाइते भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।




प्रतिक्रिया