एजेन्सी – अमेरिकाले अफगानिस्तानमा आईएसआईएस के लाई लक्षित गरेर हवाई हमला गरेको छ । अमेरिकी सेनाको प्यासेफिक कमाण्डका प्रवक्ता बिल उर्वानले शुक्रबार विज्ञप्ति जारी गर्दै हवाई हमाला गरिएको बताएका छन् ।
अमेरिकाको हमलामा काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकार मारिएका छन् । अफगानिस्तानको नानगाहर प्रान्तमा हवाई हमाला गरिएको र प्रारम्भिक जानकारीअनुसार मुख्य योजनाकार मारिएको र कुनै पनि सर्वसाधारणको ज्यान नगएको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनपछि अमेरिकी सेनाले आक्रमण गरेको हो । १३ जना अमेरिकी सेनासहित १ सय ७० जनाको ज्यान जानेगरी काबुलमा गरिएको आत्मघाती हमलापछि अमेरिकाले हवाई आक्रमक रुपमा प्रस्तुत भएको छ ।




प्रतिक्रिया