काठमाडौं – अमेरिकाले पढ्न जाने नेपाली विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ ।
नेपाली विद्यार्थीसँग ‘भिषा पारस्परिकता इस्युएन्स’ शीर्षकमा असुल्दै आएको २ सय अमेरिकी डलर (२२ हजार १४६ रुपैयाँ) छुट दिने निर्णय काठमाडौंस्थित दूतावासले गरेको हो ।
१ जुलाई २०१९ को मितिदेखि आवेदन दिनेहरुका हकमा अमेरिका अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरुले २०० डलर भिसा पारिस्परिकता इस्युएन्स शुल्क तिर्नुनपर्ने दूतावासले जनाएको छ ।
आवेदन तथा सर्भिस शुल्क चाहिँ लाग्ने दूतावासले जनाएको छ । २ सय डलर कमी हुँदा नेपाली विद्यार्थीको भिषाशुल्क करिब ५० प्रतिशत कमी हुनेछ ।
दुवै देशले भिषा नीति परिमार्जन गरी पारिस्परिक बनाएसँगै विद्यार्थी भिषाको शुल्क कटौती भएको हो ।
यसअघि अमेरिका पढ्न जाने नेपाली विद्यार्थीसँग दूतावासले ३६० अमेरिकी डलर शुल्क लिने गर्थ्यो । यसमा १६० भिषा शुल्क र विद्यार्थीका लागि थप २०० डलर समावेश थियो ।




प्रतिक्रिया