रोजर फेडेरर युएस ओपनबाट आउट


काठमाडौं – डाँड दुख्ने समस्यामा परेपछि पाँच पटकका विजेता रोजर फेडेरेर युएस ओपन टेनिस प्रतियोगिताबाट आउट भएका छन् ।

उनलाई ७८ औँ वरियताका बुल्गेरियाका ग्रिगर डिमितरोभले ३–६, ६–४, ३–६, ६–४ र ६–२ को सेटमा हराएका हुन् । अब अन्तिम चारमा डिभितरोभले रसियाका डानियल मेदभेदेभसँग खेल्नेछन् ।

गएको वर्ष फेडेरर अन्तिम १६ को खेलमा अस्ट्रेलियाका जान मिलम्यानसँग हारेका थिए । यसवर्ष पनि खराब हार भोगेपछि फेडेरर लगातार दुई सिजन आफूभन्दा निकै पछिका प्रतिस्पर्धीसँग हारेका छन् ।

२० पटक ग्राण्डस्लाम जितेका फेडेररले आफूको डाँडमा देखिएको समस्याले नै राम्ररी खेल्न नसकेको बताएका छन् । ‘म खेल्न सकिरहेको थिएँ तर पनि डाँडको चोट दुखिरहेको थियो । दुई दिनपछि मात्रै खेल भएको भए अझ राम्रो हुन्थ्यो कि भन्ने लागेको छ’ उनले भनेका छन् ।

फेडेरर बाहिरिएसँगै अब उनका प्रतिस्पर्धी मानिएका राफेल नाडाललाई केही सहज हुने अनुमान गरिएको छ । नाडालले क्वार्टरफाइनलमा बुधबार राति अर्जेन्टिनाका डिएगोसँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement