न्युयोर्क-अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । उनले अफगानिस्तानमा जसलाई अनुमति दिए त्यस अपमानका लागी बाइडेनले राजीनामा दिन जरुरी भएको बताएका छन् ।
अफगानिस्तानवाट सेना फिर्ता गरेसंगै बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । ट्रम्पले आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन फरक ढंगले हुने दावी समेत गरे ।
आफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरिसकेको छ । बाइडेन प्रशासनले अफगान सुरक्षा बलको शक्ति वास्तविकताभन्दा बढी नै आकलन गरेर गल्ती भएको बताएको छ ।




प्रतिक्रिया