काठमाण्डु-अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा नेपाल आइपुगेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो ।
व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री बर्माले नेपाल बसाइका क्रममा सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
एक दिने बसाइका क्रममा उपविदेशमन्त्री बर्माले नेपाली चियाविज्ञहरूसँग पनि अन्तरक्रिया गर्नेछन् भने युएसएआईडीका कार्यक्रमका साझेदारहरूसँग पनि छलफल गर्नेछन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क पनि छन् ।
उनी भोलि बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका पूर्वअमेरिकी राजदूत पनि हुन् ।




प्रतिक्रिया