अमेरिकाले भोलिदेखि भारतमा ५० प्रतिशत ट्यारिफ लगाउँदै

अमेरिकाले भोलिदेखि भारतमा ५० प्रतिशत ट्यारिफ लगाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिका भारतबाट हुने आयातमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने आधिकारिक सूचना जारी गरेको छ ।

जरिवानाको रूपमा लगाइएको यो टेयारिफ भारतीय समय अनुसार २७ अगस्ट बिहान ९: ३१ बजेबाट लागू हुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ अगस्टमा रूसबाट तेल खरिद गर्ने कारण भारतमाथि जरिवानाको रूपमा यो ट्यारिफ घोषणा गरेका थिए। यसअघि उनले व्यापार घाटाको कारण देखाउँदै ७ अगस्टदेखि २५ प्रतिशत ट्यारिफ लगाइसकेका थिए। अर्थात्, कुल मिलाएर अहिले भारतीय वस्तुहरूमा ५० प्रतिशतसम्म ट्यारिफ लाग्नेछ।

सूचनामा भनिएको छ, ‘यस दस्तावेजमा सूचीबद्ध गरिएका शुल्क भारतबाट आउने वस्तुहरूमा लागू हुनेछन्। यी वस्तुहरू अमेरिकामा प्रयोगका लागि ल्याइने वा गोदामबाट प्रयोगका लागि निकालिने छन्।’