काठमाण्डु – अमेरिकाले भारतसहित ९२ देशमा नयाँ ट्यारिफ (आयकर÷शुल्क) लगाउने घोषणा गरेको छ । तर आयकर लागू भएको ९२ देशमा चीनको नाम छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारतमा २५ प्रतिशत पाकिस्तानमा १९ र क्यानडामा ३५ प्रतिशत ट्यारिफ तोकेको छ। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्।
यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका विभिन्न देशमाथि ट्यारिफ लगाउने घोषणा गरेका थिए । तर सात दिनपछि उनले त्यसलाई ९० दिनका लागि स्थगित गरेका थिए। केही दिनपछि उनले नयाँ म्याद तय गर्दै ३१ जुलाईसम्मको समय दिएका थिए
त्यसपछि ट्रम्प प्रशासनले ९० दिनभित्र ९० वटा व्यापार सम्झौता गर्ने लक्ष्य राखेको थियो, तर हालसम्म मात्र ७ देशसँग सम्झौता सम्पन्न भएको छ।
आदेश लागू हुनु अघि नै अमेरिका तर्फ आउँदै गरेका सामानहरूमा भने पुरानै नियमअनुसार कर लाग्नेछ। त्यस्तो सामानका लागि अन्तिम म्याद ५ अक्टोबर २०२५ तोकिएको छ।
सूचीमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।
ह्वाइट हाउसले सार्वजनिक गरेको जानकारी अनुसार लाओस, म्यानमार, सिरिया जस्ता देशहरूमा सबैभन्दा धेरै ४० प्रतिशत वा सोभन्दा बढी भन्सार शुल्क लगाइनेछ।
कुनै सामान अरू देशमार्फत कर बचाउन अमेरिका पठाइएको खण्डमा त्यसमा ४०प्रतिशत भन्सार शुल्क लाग्नेछ। चीनका लागि भने मई २०२५ को कार्यकारी आदेश नम्बर १४२९८ लागु छ, जसमा कुनै परिवर्तन गरिएको छैन।
राष्ट्रपति ट्रम्पले ३१ जुलाईमा भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। यो ७ अगस्टबाट लागु हुनेछ। हालसम्म अमेरिका भारतमाथि १० प्रतिशत आधारभूत भन्सार शुल्क लगाइरहेको थियो।
अमेरिकाले रूसबाट हतियार र तेल किनेकै कारणले भारतमाथि थप जरिवाना लगाइने बताउँदै आएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यो घोषणाको प्रभावको मूल्यांकन गरी राष्ट्रिय हितको संरक्षण गर्न सबै आवश्यक कदम चाल्ने बताएको छ ।
यो भन्सार शुल्कले विशेष गरी स्टिल, एलुमिनियम, गाडी उद्योग (अटोमोबाइल), वस्त्र (टेक्सटाइल), इलेक्ट्रोनिक्स, र गहनाहरू जस्ता क्षेत्रहरूलाई असर पार्न सक्ने भारतीय अधिकारीहरूले बताएका छन् ।




प्रतिक्रिया