अमेरिकाले युक्रेनलाई ३ अर्ब १० करोड डलर बराबरको सैन्य सहयोग दिने

अमेरिकाले युक्रेनलाई ३ अर्ब १० करोड डलर बराबरको सैन्य सहयोग दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संयुक्त राज्य अमेरिकाले युक्रेनलाई युद्धका लागि ३ अर्ब १० करोड अमेरिकी डलर दिने भएको छ ।

अमेरिकाको को परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि ३ अर्ब १० करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको हो ।

सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।

यस सहयोगमा समावेश भएका कम्पनीहरूमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू रहेका छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्र राष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ ।

यो सहयोग गत वर्ष डिसेम्बरमा स्वीकृत भई २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अर्को सम्झौता पछिको निरन्तरता हो, जसले मिसन योजना प्रणाली र मर्मत उपकरणहरू उपलब्ध गराएको थियो ।

नेदरल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियम जस्ता मित्र राष्ट्रहरूले हालसम्म युक्रेनलाई जम्मा ७९ वटा लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ ।