एजेन्सी– इरानले होर्मुज नजिकै अमेरिकी सेनाको हेलिकप्टर स्ट्रेट खसालेको छ ।
अमेरिकी सेनाको अपाचे हेलिकप्टर हर्मुज नजिकै खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरमा रहेका चालक दलका दुई सदस्यलाई भने सकुशल उद्धार गरिएको छ ।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटना स्वीकार गरेका छन् । ट्रम्पले चालक दलका सदस्यहरुको उद्धार गरिएको र उनीहरु सकुशल रहेको बताएका छन् ।
जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले घटनामा हताहती नभएको बताए । ट्रम्पले सरकारले छिट्टै त्यसबारे प्रतिवेदन सार्वजनिक गर्ने पनि उल्लेख गरे ।




प्रतिक्रिया