अमेरिकाको घोषणा-इरानी नेताहरूको बारेमा जानकारी दिनू, १ करोड डलर लैजानू

अमेरिकाको घोषणा-इरानी नेताहरूको बारेमा जानकारी दिनू, १ करोड डलर लैजानू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रमुख नेताहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा गरेको छ।

अमेरिकी विदेश विभागले जारी गरेको सूचनामा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका १० जना प्रमुख नेताहरूको नाम उल्लेख छ । तर तीमध्ये केवल ६ जनाको नाम र तस्बिरहरू मात्रै विदेश विभागले सार्वजनिक गरिएको छ।

यसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी समावेश छन्।

अली लारीजानीलाई यसअघि इरानमा आयोजित सरकार समर्थक र्‍यालीमा देखिएको थियो।

अमेरिकाले यी व्यक्तिहरूले गार्ड कोर्प्सको सैन्य एकाइहरूको विभिन्न भागहरूको नेतृत्व र सञ्चालन गर्ने बताएको छ।

अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा यही मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्।

त्यसयता युद्ध जारी छ भने यो द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

इरानले इजरायल तथा अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोनरक्षेप्यास्त्रमार्फत हमला गरिरहेको छ।

अमेरिका–इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।