विश्वकप लिग-२ : नेपालले बनायो उच्च स्कोर, जितका लागि अमेरिकाले पायो ३१८ रनको लक्ष्य

विश्वकप लिग-२ : नेपालले बनायो उच्च स्कोर, जितका लागि अमेरिकाले पायो ३१८ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप लिग–२मा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको छ ।

नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपालले यसअघि ओमानविरुद्ध यसै मैदानमा ३१० बनाएको थियो।

साथै नेपालको एकदिवसीयमा यो दोस्रो सर्वाधिक रन हो। नेपालले २०२५ मा डुन्डीमा स्कटल्याण्डविरुद्ध ३२१ रन बनाएको थियो।

इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपाल उच्च योगफल बनाउन सफल भयो।

लगातार दोस्रो अर्धशतक बनाउने क्रममा पाण्डेले ८३ बलमा ८ चौका र एक छक्काको मद्दतमा ८४ रन बनाए। २९ बलमा अर्धशतक पूरा गरेका ऐरीले ३६ बलमा चार छक्का र चार चौकाको मद्दतमा ५९ रन बनाए।

कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए। बलिङतर्फ अमेरिकाका शुभम रन्जानेले तीन तथा मिलिन्द कुमार र रुशिल उगारकरले एक–एक विकेट लिए। नेपालका तीन ब्याटर रनआउट भए।

स्कटल्यान्डसमेत सहभागी जारी सिरिजमा नेपाल र स्कटल्यान्डले दुई दुई तथा अमेरिकाले एक खेल जितेका छन्।