अमेरिकी विशेष दूतले दिए रास्वपा सभापति लामिछानेलाई बधाई

अमेरिकी विशेष दूतले दिए रास्वपा सभापति लामिछानेलाई बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएका छन् ।

गोरले मंगलबार सभापति लामिछानेलाई टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएको काठमाण्डुस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको पनि विशेष दूत गोरले बताएका छन् ।

उनले नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले जनाएको छ।

नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि विशेष दूत गोरले दिएका छन् ।