न्युयोर्क- अमेरिकामा बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रोना भाइरस ‘पोजिटिभ’ देखिएको हो । उक्त वाघलाई पनि सुख्खा खोकिको लक्षण देखिएको सिएनएनले जनाएको छ ।
आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले त्यस ४ वर्षे मलायन पोथी बाघको नमुना परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो। चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा कोरोना भाइरस सरेको अनुमान गरिएको छ ।
चिडियाखानाले जारी गरेको विज्ञप्तीमा बाघको स्वास्थ्य परीक्षण भइरहेको र यसले विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास गरेको जनाइएको छ ।ब्रोन्स चिडियाखाना मार्च १६ देखि सर्वसाधारणको लागी बन्द गरिएको छ ।




प्रतिक्रिया