यूटीएल र स्मार्ट टेलिकमले अझै बुझाएनन् २ अर्ब ७५ करोड बक्यौता


काठमाण्डु – युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र स्मार्ट टेलिकमले सरकारलाई बक्यौता बुझाउन आनाकानी गरेका छन् । सरकारले दिएको समयसिमामा युनाइटेड र स्मार्ट टेलिकमले बक्यौता बुझाउन आलटाल गरेका हुन् ।

सरकारलाई यूटिएलले ९० करोड र स्मार्ट टेलिकमले १ अर्ब ८५ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।

सरकारले गत पुसमा स्मार्टलाई भदौंसम्म बाँकी रहेको २ अर्ब ३२ करोड बक्यौता पाँच किस्तामा बुझाउन निर्देशन दिएको थियो । तर, उसले अझै १ अर्ब ८५ करोड रुपैयाँ बुझाउन बाँकी छ ।

समयमा किस्ता नबुझाएपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय उल्ट्याउँदै असार मसान्तसम्म किस्ता बुझाउने भाका राखे पनि असार मसान्त बितिसक्दासमेत बक्यौता बुझाउन सकेका छैनन् ।

युटिएलले ०७५ भदौंमा चुक्ता गर्नुपर्ने १० करोड र ०७६ को भदौंमा चुक्ता गर्नुपर्ने २० करोड गरेर कूल ३० करोड रुपैयाँ अझै बाँँकी रहेको प्राधिकरणले जनाएको छ । युटिएलले ३० करोड रुपैयाँ यही भदौ महिनामा तिर्नुपर्नेछ ।

स्मार्टले तत्काल प्राधिकरणलाई २५ करोड बुझाउने र बाँँकी रहेको एक अर्ब रुपैयाँ ५ किस्तामा तिर्ने भाका राखेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement