उत्पादन बारीमा, उपभोक्ता महँगोमा

उत्पादन बारीमा, उपभोक्ता महँगोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- लामो समयमसम्म देशभर बन्दाबन्दी (लकडाउन) भइरहेका बेला यसको ठूलो असर तरकारी उत्पादक किसानलाई परेको छ । बेमौसमी तरकारी उत्पादन गरेर आम्दानी गर्ने समयमा बन्दाबन्दीले किसानलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा उत्पादक किसान लगानी डुव्ने र फलेको सामग्री कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा परेका छन् । बजारसम्म तरकारी लैजान नसक्दा बारीमा कुहिने अवस्था रहेको किसान बताउंँछन् । तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको किसानको गुनासो छ ।

भरतपुर महानगरपालिका शुक्रनगरका किसान छविलाल न्यौपाने भन्नुहुन्छ, बारीमा फलेको तरकारी कसरी बिक्री गर्ने भन्ने चिन्ताले निन्द्रा लाग्दैन । यही समयमा गत वर्ष बेचेर भ्याइनभ्याई थियो । सामान्य अवस्थामा बारीबाटै एक सय रुपियाँमा बिक्री हुने बोडी अहिले २० मा लैजान मुस्किल भएको छ । उहाँले तनेबोडी, घिरौला, लौका, फर्सी लगाउनुभएको छ । बोडी, लौका र घिरौला बिक्री भए पनि फर्सी बिक्री नहँुदा बारीमा नै सडेर गएको गुनासो गर्नुभयो ।

तरकारी बिक्री गर्ने गाडीलाई सहज जान दिने, बजारमा बिक्री खरिद गर्न दिने व्यवस्था नगरे हामी किसान ऋणमा डुबेर जाने छौँ, उहाँले आफ्नो पीडा सुनाउनुभयो ।
उपभोक्ताले खान नपाउने, किसानको बारीमा तरकारी सड्ने अवस्था छ । सुरक्षित तरिकाले किसानले उत्पादन गरेको सामग्री बिक्री गर्न दिने व्यवस्था प्रशासनले गर्नुपर्ने उहाँको भनाइ छ । हामीसँग सामग्री छ, बजार लैजान सकिएको छैन ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।