उत्तराखण्ड: १०० घण्टा बितिसक्दा पनि सुरुङबाट मजदुर बाहिर निस्कन सकेनन्

उत्तराखण्ड: १०० घण्टा बितिसक्दा पनि सुरुङबाट मजदुर बाहिर निस्कन सकेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतकाे उत्तरकाशी सुरुङमा चार दिनदेखि फसेका ४० मजदुरको अझै उद्धार हुन सकेको छैन । यद्यपी उनीहरुलाई बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ ।

उत्तरकाशी सुरुङमार्गमा उद्धार कार्यमा लागिरहेको अजर मेसिनको ड्रिलिङ पार्ट बिग्रिएपछि दिल्लीबाट दोस्रो उच्च क्षमताको अमेरिकी औगर मेसिन माग गरिएको छ । यो अमेरिकी मेसिन सुरुङमा जडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नवयुगा इन्जिनियरिङ कम्पनी लिमिटेडका जनसम्पर्क अधिकृत गिरधारीलाल नाथले भने, “अमेरिकन औगर मेसिन पहिलो श्रेणीको मेसिन हो, जसलाई उद्धार कार्यका लागि बोलाइएको छ । यो मेसिन सुरुङमा लगभग पूर्ण रूपमा जडान गरिएको छ। मेसिन जडानको प्रक्रिया पूरा भएपछि छिट्टै काम सुरु हुन्छ । यसपछि हामी फसेका मानिसहरूलाई बाहिर निकाल्न सफल हुनेछौं भन्ने आशा गर्न सकिन्छ।”

उनले यो पनि भने, “यो अमेरिकी औगर मेसिनको विफलताको कुनै सम्भावना छैन।” सुरुङमा फसेका मजदुरको उद्धारका लागि ल्याइएको अमेरिकी ‘अगर मेसिन’ वायुसेनाको विमानबाट उत्तरकाशी ल्याइएको हो । उनले उत्तरकाशीको चिन्यालीसौर हवाई पट्टीबाट सुरुङसम्म उक्त मेसिनको पार्टपुर्जा ट्रकबाट सडकमा ढुवानी गरिएको बताए ।