नयाँ दिल्ली – भारतका विदेश राज्य मन्त्री भी मुरलीधरनले पाकिस्तान आतंकवादको योजनाकार र निर्यातक भएको आरोप लगाएका छन् । भारतले आफ्ना छिमेकीलाई आफू आतंकवादी आक्रमणको मौन साक्षी नबस्ने र सुदृढ कदम चाल्ने स्पष्ट पारिसकेको पनि उनले बताए ।
युनियन मन्त्रीले पाकिस्तानको नाम नलिइकन हाम्रो छिमेकी मुलकले जानीजानी आतंकवादलाई आत्मसात गरेको उनले बताए ।
‘भारतको आतंकवादको अस्पष्ट अस्वीकृतिले हामीलाई आतंकवादलाई आफ्नो विदेश नीति बनाएर आतंकवाद परिचालन गर्नका लाग प्रेरित गरेको छ । नयाँ भारतले आफ्नो भूमिमा बारम्बारको आतंकवादी आक्रमण भएको विषयमा लामो समयसम्म मौन बस्न नसक्ने हामीले स्पष्ट पारेका छौ,’ उनले बताए ।
१२ औं दक्षिण एसियाली सम्मेलनलाई सम्बोधनमा आफूहरु अहिंसा, धैर्य र सम्मानको भूमि भएको बताए । आपूmहरुले आफ्ना जनताको रक्षाका लागि दृढ नीति लिने बताए । २०१९ मा पाकिस्तानमा गरेको बालाकोट आक्रमण यसको नमुना भएको पनि उनले बताए ।
क्षेत्रमा आतंकवादको चुनौतीको सामना नगरेको कुनै पनि मुलुक नरहेको उनले बताए । तर आतंकवादलाई जानीजानी आत्मसात गर्ने एउटा मात्रै मुलुक रहेको उनले बताए । ‘यो (पाकिस्तान) आतंकवादको केन्द्र विन्दु, योजनाकार र निर्यात रहेको छ,’ उनको भनाई थियो ।




प्रतिक्रिया