काठमाण्डु– आइतबार काठमाण्डुसहित देशका ३ दर्जन जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको छ। बाढी महाशाखाले बुलेटिनमार्फत ३७ जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको हो ।
आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासीपूर्वमा बाढीको सम्भावना रहेको छ ।
यस्तै नवलपरासीपश्चिम, रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली ,कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तर नेपालको तराईनजिक रहेको छ।
आज कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थान र राती मधेशमा भारी वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया