नागरिकता नभएकाले पनि खोप लगाउन पाउने

नागरिकता नभएकाले पनि खोप लगाउन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्लायले नागरिकता नभए पनि कोरोना विरुद्धको खोप लगाउन पाइने जानकारी दिएकाे छ ।
नागरिकता नभई खोप लगाउन पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा आएपछि मन्त्रालयले नागरिकता नभएका व्यक्तिले पनि खोप लगाउन पाइने स्पष्ट पारेको हो ।

‘नागरिकता नभएकाहरूका लागि आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुनै सरकारी कागजपत्र भए पनि पुग्छ, त्यो पनि छैन भने वडा कार्यालयलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् ।

र, वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ’ मन्त्रालयले भनेको छ । सरकारले जेठ २५ गतेदेखि चीनले अनुदानमा दिएको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाउँदै छ ।