काठमाण्डुमा भेरोसेलको दोस्रो डोज दिइँदै

काठमाण्डुमा भेरोसेलको दोस्रो डोज दिइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकामा भदौ ११ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।

भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाण्डु महानगरपालिकाले आज एक सूचना जारी गर्दै ३२ वटै वडाहरुबाट भेरोसेल खोप दिइने जनाएको हो । भेरोसेल खोपको पहिलो मात्रा लगाएर २१ दिन पुगिसकेकाले आफ्नो परिचय पत्र र पहिले खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।

यसैगरी भदौ १० गते ४० वर्ष माथिका उमेर समूह, १८ वर्ष पूरा भएका प्लस टुमा पढ्ने विद्यार्थी तथा विश्वविद्यालयमा पढ्ने परीक्षा दिनका लागि प्रवेश पत्र लिइसकेका विद्यार्थीलाई पनि भेरोसेलको पहिलो मात्रा दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा ४९ लाख ४३ हजार ७३२ जनाले पहिलो मात्रा र ३८ लाख ५७ हजार ५९८ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।