२४ लाख खोप गायव प्रकरण : स्वास्थ्य सेवा विभागद्धारा नयाँ विवरण सार्वजनिक


काठमाण्डु – स्वास्थ्य सेवा विभागले कोरोना भाइरसविरुद्धको खोपको नयाँ विवरण सार्वजनिक गरेको छ । यसअघि २४ लाख खोप हराएको विवरण दिएको विभागले आइतवार भने १० लाख खोप भण्डारणकै क्रममा रहेको विवरण सार्वजनिक गरेको हो ।

युवा संघले हराएको २४ लाख खोप प्रकरणमा आइतवार स्वास्थ्य सेवा विभाग पुगेर २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग गरेपछि विभागले नयाँ खोपको विवरण सार्वजनिक गरेको हो । युवा संघले स्वास्थ्य मन्त्रीको राजिनामालाई लिएर निरन्तर आन्दोलन जारी राखेको छ ।

संघले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई विपक्षी बनाएर अख्तियार अनुशन्धान आयोगमा समेत निवेदन दिएको थियो । यसअघि विभागले १० लाख खोप विभिन्न स्थानीय तहलाई पठाएको तर प्रयोगबारे जानकारी नभएको बताउको थियो ।

विभागका सुचना अधिकारी उप सचिव महेश पाण्डेले युवा संघका पदाधिकारी र मिडियालाई जानकारी दिँदै १० लाख खोप स्थानीय तहले प्रयोग गरेको विवरण सार्वजनिक गरेका हुन् । कुन स्थानीय तहले कति माात्रामा खोप प्रयोग गरेको हो त्यसको विवरण केही दिनमा सार्वजनिक गरिने उनले बताए ।

बाँकी १४ लाख खोपको अनुसन्धान समेत भइरहेकोले त्यसको विवरण पनि चाँडै सार्वजनि गरिने विभागले जनाएको छ । युवा संघले विभन्न माग राख्दै सरकारविरुद्ध निरन्तर आन्दोलन जारी राखेको छ । खोपको विषयलाई संघले आवाज उठाएपछि विभागले पछिल्लो विवरण सार्वजनिक गरेको नेता निरोज पौडेल ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement