सप्ताहव्यापी अभियानमा ७१ हजार ९८७ पशुलाई खोप

सप्ताहव्यापी अभियानमा ७१ हजार ९८७ पशुलाई खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती – लम्पी स्कीन विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा ७१ हजार ९८७ पुशमा खोप लगाइएको छ ।

प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत साउन २४ गतेदेखि ३२ गतेसम्म खोप अभियानमा सञ्चालन गरेको थियो ।

अभियानमा प्रदेशका विभिन्न जिल्लाका ७१ हजार ९८७ पुशचौपायालाई खोप लगाइएको मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार सप्ताहव्यापी अभियानका क्रममा सबैभन्दा बढी चितवनमा १० हजार २१९ र सबैभन्दा कम सिन्धुपाल्चोकमा १ हजार ३०२ पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको छ ।

चालू आर्थिक वर्षमा ७६ हजार २७५ पशुचौपायालाई लम्पी स्कीन विरुद्धको खोप लगाउने लक्ष्य रहेको जनाउँदै डा. अधिकारीले अभियानको सुरुमा नै ७१ हजार ९८७ पशुमा खोप लगाइएको बताए ।