सांसदहरुलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदै

सांसदहरुलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई भोली देखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदैछ ।

संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले शुक्रबारदेखि खोप लगाइने जनाएको हो ।

भोलिदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा विहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुने बताइएको छ ।

खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ ।