सिंहदरबारभित्रका कर्मचारीले कोरोनाविरुद्धको दोस्रो डोज लगाउँदै

सिंहदरबारभित्रका कर्मचारीले कोरोनाविरुद्धको दोस्रो डोज लगाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंहदरबारभित्रका कर्मचारीले आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउँदै छन् । कर्मचारीहरुलाई कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा आजबाट लगाइने भएको हो ।

कोभिड–१९ खोप माघ १४ देखि फागुन २२ गतेसम्म ‘कोभिशिल्ड’ को पहिलो डोज लिएका र चैत २५ गतेदेखि वैशाख १५ सम्म ‘भेरोसेल’ खोप लिएका सिंहदरबारभित्रका कर्मचारीलाई दोस्रो मात्र आज र भोलि दिइने छ ।

सिंहदरबारभित्रकै खोप केन्द्रमार्फत खोप दिइने हुँदा अनिवार्य रुपमा पहिलो डोज खोप लगाएको कार्ड र कार्यालयले उपलब्ध गराएको परिचय पत्र साथमा लैजान भनिएको छ ।