काठमाण्डु – सरकारले कोरोना भाइरसविरुद्धको दुई फरक खोप ‘मिक्स’ गरेर दिने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसअनुसार बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको हो ।
बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई अब कोभिसिल्ड वा एस्ट्राजेनिका दिने निर्णयभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन निर्देशन समेत दिएको छ ।





प्रतिक्रिया