भारतिय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप हस्तान्तरण

भारतिय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतिय सेनाले नेपाली सेनालाई एक लाख डोज भ्याक्सिन उपलब्ध गराएको छ । भारतले कोभिड १९ विरुद्ध प्रयोग हुने एक लाख डोज खोप बिहिबार सेनालाई हस्तान्तरण गरेको हो ।

भारतिय सेनाका लेफ्टिेनेण्ट जर्नेल पिएन अनन्थनारायननले एक लाख डोज भ्याक्सिन नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सैनिक मुख्यालय भद्रकाली पुगेर हस्तान्तरण गरेको भारतिय दूतावासले जनाएको छ ।

भारतिय सेनाले यसअघि पनि भ्याक्सिनका साथै ठुलो मात्रामा स्वास्थ्य सामाग्री नेपाली सेनालाई सहयोग गरेको थियो ।