चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाण्डु आइपुग्यो

चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाण्डु आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चीनबाट खरिद गरेको थप ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

सरकारले किनेको ६० लाख डोज खोपमध्ये ८ लाख राति १२ बजे काठमाण्डु आइपुगेको हो । ल्याइएको सो मात्राको खोपलाई विमानस्थल र टेकुको भण्डारण कक्षमा राखिएको छ ।

थप ८ लाख डोज ल्याउने तयारी भएको छ । बाँकी ४४ लाख डोज अगस्टको अन्तिम साता नेपाल ल्याउने सरकारले तयारी गरेको छ । जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोजमध्ये बाँकी ७ लाख डोज भदौ ५ र ७ गते आउने भएको छ ।