काठमाण्डु – इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फर ड्रीमर’ सुरु गरेको छ ।
अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यममार्फत केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ ।
सुशान्त केसीको यात्रा इन्टरनेटबाटै सुरु भएको थियो । आफ्ना गीतहरू अनलाइनमै राखेर चर्चित बनेका केसी आज नेपाली सङ्गीत क्षेत्रमा लोकप्रिय कलाकार बनेका छन् । भायानेटले सुशान्तकै जस्तै सपना देख्ने अन्य युवाहरूलाई साथ दिने उद्देश्यले अभियान ल्याएको छ ।
‘इन्टरनेट फर ड्रीमर’ अभियान डिजिटल कथा सुनाउने कार्यक्रम, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक गतिविधिहरू र अनुभव साटासाट गर्ने अवसरमार्फत अगाडि बढाइनेछ ।
अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेटसँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोगमार्फत ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।
भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गरेको छ । कम्पनीका अनुसार केसीको सङ्गीतप्रतिको समर्पण, दृढता र लगावले नेपाली युवापुस्तामा ऊर्जा र आत्मविश्वास भरेको छ ।
भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक हो । कम्पनीले उच्चगति, भरपर्दो र गुणस्तरीय फाइबर इन्टरनेट सेवा प्रदान गर्दै उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै आएको छ । नवीनतम प्रविधिको प्रयोग र निरन्तर सेवा सुधारमार्फत डिजिटल नेपाल निर्माणमा भायानेटको उल्लेखनीय योगदान रहँदै आएको छ ।




प्रतिक्रिया