चितवन राइनोजको कनेक्टिभिटी पार्टनरमा भायानेट

चितवन राइनोजको कनेक्टिभिटी पार्टनरमा भायानेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोट्र्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ ।

लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ ।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन अधिकृत डा। आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७९नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५० सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ। राष्ट्रियखेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडी हुन् ।

“हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौं। खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो। यो हाम्रोसमाज र नयाँ पुस्ताप्रतिको लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गरिरहेको छ ।

अझ, खेलकुदले इन्टरनेटले जस्तै मानिसहरूलाई नजिक ल्याउँछ, एकअर्कासँगको सम्बन्ध बलियो बनाउँछ । यही कारण हामी खेल क्षेत्रलाईनिरन्तर साथ दिइरहेका छौं,” भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले बताए।भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ ।

यसअघि, भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिगदुबैको टाइटल स्पोन्सर बनेको थियो। यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो।

ब्रान्ड एम्बेसडर घोषणा गर्दै‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो । चितवन राइनोजसँगको यस सहकार्यमार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेलप्रेमीहरूलाईएकै ठाउँमा जोड्ने सेतुको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।