१८ करोड सदस्य रहेको भाजपा अध्यक्षमा नाडा चयन


नयाँदिल्ली – भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ ।

पार्टीले सोमबार नेता जगत प्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको नेताहरुले जानकारी दिएका छन् ।

उनी विगत छ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहेका थिए । तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उनले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो ।

नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बनेका छन् । उनी यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत भएका थिए ।

भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement