मध्यप्रदेश संकटः सिन्धिया भाजपामा जान सक्ने, बागी सांसदले राजीनामा दिन सक्ने


काठमाडौं – संकटमा घेरिएको कमलनाथ सरकारलाई संकटमुक्त गर्नका लागि मध्य प्रदेश क्याबिनेटका २० मन्त्रीले राजीनामा बुझाएका छन् । मुख्यमन्त्री कमलनासँग रिसाएका सांसदलाई नयाँ मन्त्रिमण्डलमा स्थान दिएर उनीहरुलाई मनाउने प्रयास भएको अड्कलबाजी पनि गर्न थालिएको छ ।

यसैगरी रिसाएका कांगेस नेता न्यातिरादित्य सिन्धियाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । सुत्रलाई उल्लेख गर्दै यो जानकारी दिइएको हो । कांग्रेसका बागी सांसदले पनि आफ्नो राजीनामा दिइसकेका छन् । व्यापक रुपमा फेरिएको घटनाक्रममा सिन्धियाको खेमाका १७ सांसद बैंगलुर गएका छन् । यसपछि स्वयं कमलनाथले दिल्लीमा पार्टी अध्यक्ष सोनिया गान्धीसँग भेटघाट गरेका छन् ।

एक वरिष्ठ मन्त्रीका अनुसार बैंगलुरु गएका सबै विद्यायकको मोबाइल पनि बन्द रहेको छ । यसैगरी सोमबार अबेर राती कमलनाथ मन्त्रीमण्डलको बैठकमा सिन्धिया खेमाका ६ मन्त्री रहेका थिए । उनीहरुले राजीनामा पनि दिएका छैनन । यो भन्दा पहिले कमलनाथ आफ्नो दिल्ली भ्रमण बीचमै छोडेर भोपाल फर्केर आएका थिए । सुत्रका अनुसार दिउसो सिन्धिया पनि दिल्ली पुगे र भाजपाका शीर्ष नेतासँग भेटघाट गरेका थिए ।

कमलनाथले क्याबिनेट बैठकमा भनेका छन्, ‘म माफियाको सहयोगबाट कसैलाई पनि आफ्नो सरकार ढाल्न दिन्न । मैले आफ्नो पुरै जीवन मानिसको सेवामा समर्पित गरेको छु । तर भाजपा मेरो सरकार ढाल्नका लागि अनैतिक हथकन्डा अपनाइरहेको छ ।’

सिन्धियालाई भाजपामा स्वागतः नरोत्तम मिश्र

नरोत्तम मिश्रसँग के भाजपा कांग्रेस नेता ज्योतिरादित्य सिन्धियालाई पार्टिमा स्वागत गरिन्छ भनि सोधिएकोमा भारतीय जनता पार्टीमा सबैलाई मनदेखिनै स्वागत छ भन्ने जवाफ दिएका थिए । ‘हामी तल्लो स्तरका कार्यकर्तालाई पनि समावेश गर्छौ । सिन्धिया ठूला नेता हुन् । उनलाई निश्चित रुपमा स्वागत छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement