भारतका गाईको प्रशंसा गर्दै भाजपा अध्यक्षले भनेः विदेशी गाई अन्टी जस्तो !

भारतका गाईको प्रशंसा गर्दै भाजपा अध्यक्षले भनेः विदेशी गाई अन्टी जस्तो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पश्चिम बङ्गाल राज्यका भाजपा अध्यक्ष दिलीप घोषले विदेशी गाई गाई जस्तो नहुने बताएका छन् । मङ्गलबार भारतीय गाईको उच्च प्रशंसा गर्दै घोषले विदेशी गाईहरु भारतका गाईहरुको तुलनामा अलग हुने बताए ।

‘विदेशी नश्लका गाई गौमाता हुँदैनन्, बरु ती अन्टी हुन्छन् । हाम्रो देशको गाईको दुधको विशिष्ट विशेषता हुन्छ’ उनले भने, ‘भारतका गौमाताले दिने दूधमा सुन पाइन्छ त्यसैले यहाँको दुधको रंग पहेलो हुन्छ ।’

गाई आफ्नो आमा भएको बताउँदै घोषले केही बुद्धिजीवीहरु सडक छेउमा बसेर गाईको मासु(बीफ) खाने गरेको आरोप लगाए । ‘तिनले बरु कुकुरको पनि मासु खाउन् तर सडकमा होइन घरमा खाउन् । गाई हाम्रो आमा हुन् । यदी कसैले मेरो आमासँग दुव्र्यवहार गर्छ भने उसँग त्यही व्यवहार गर्छु जुन आमासँग खराब व्यवहार गर्नेसँग गरिन्छ । भारतको पवित्र धर्तीमा गाईको हत्या गर्नु र बीफ खानु अपराध हो ।’