काठमाण्डु – काठमाण्डु उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि छुटेका ५० वर्ष वा सो भन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाउन लागिएको जानकारी दिएको छ ।
खोप अभियान साउन १८ गतेसम्म जारी रहने छ । काठमाण्डु महानगरपालिकाका ३२ वडामा खोप केन्द्र सञ्चालन हुने र अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाण्डु, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु रहेका छन् ।
खोप लगाउन जाँदा नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्र साथमा राख्न अनुरोध गरिएको छ । खोप अभियान विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया