पृतनापति ट्रफी उपरथी निरञ्जन श्रेष्ठद्धारा समापन


काठमाडौं – पृतनापति ट्रफी २०७६ खेलकुद प्रतियोगिता समापन भएको छ । पृतनापति ट्रफी २०७६ खेलकुद प्रतियोगिताहरुको मंगलबार एक समारोहका बीच पृतनापति उपरथी निरञ्जन कुमार श्रेष्ठले समापन गरेका हुन् । असार १७ गतेबाट संचालन भएको फूटवल, भलिवल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ्ग, तेक्वान्दो र स्वीमिङ्ग खेलहरु समावेश गरिएको थियो जसमा फुटवल खेल बाहिनीको निरिक्षणमा गणहरु वीच पतिस्पर्धा भएको थियो ।

भलिवल र बास्केटवल खेलाहरुमा नं.१ बाहिनी अड्डा र नं.२६ बाहिनी अड्डा अन्तर्गतका युनिटहरुबाट खेलाडीहरु समावेश गरी २ टिम बनाई प्रतिस्पर्धा गराईएको थियो । साथै ब्यक्तिगत क्षमता प्रदर्शन गर्ने बक्सिङ्ग,तेक्वान्दो, एथ्लेटिक्स र स्वीमिङ्ग खेलहरुमा खेलाडीहरुले जित्नु भएका पदकहरुको आधारमा प्रथम र दोस्रो बाहिनीहरु छुटाईएको थियो ।

उक्त ट्रफीको शो खेलको रुपमा रहेको फुटबल खेलको फाइनल खेलमा  १ नं. बाहिनी अड्डा अन्तर्गतका गोरख बहादुर गणले २६ नं. बाहिनी अड्डा अन्तर्गतका विष्णुदल गणलाई २-१ गोलले जित्न सफल भई दुवै गणहरुले अगामी भाद्रमा हुने प्रधानसेनापति ट्रफी २०७६ खेलकुद प्रतियोगितामा उपत्यका पृतना हे.क्वा. को प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । साथै उक्त ट्रफीमा भएको सातवटा खेलहरुमा १ नं. बाहिनी अड्डाले सम्पुर्ण खेलहरुमा प्रथम स्थान हासिल गरी पृतनापति ट्रफी २०७६ को ट्रफी उचाल्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement